काठमाडौँ : वेस्ट इन्डिजले भारतविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १९.१ ओभरमा १७१ रनमा अलआउट भयो।
वेस्ट इन्डिजका लागि कप्तान साई होपले टोलीका लागि उत्कृष्ट इनिङ खेले। उनले ३७ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए। भारतविरुद्धको अघिल्लो ओडीआई सिरिजका दुई खेलमा लगातार शतक प्रहार गरेका होपले टी–२० मा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।
त्यस्तै, शेरफन रदरफोर्डले पनि आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए। उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। होप र रदरफोर्डको महत्वपूर्ण साझेदारीका कारण वेस्ट इन्डिजले चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भयो।
बलिङमा भारतको लागि नमन धीरले ३ विकेट तथा कुलदीप यादव र अक्षर पटेलले समान १/१ विकेट लिएका थिए।