२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धनगढीमा जन्मदिन मनाउँदै गर्दा चट्याङको झिल्का लाग्दा सात जना घाइते, सेती अस्पतालमा उपचार हुँदै

images

  • २०८३ असोज २०, मंगलबार
  • 251
    SHARES
  • धनगढीमा जन्मदिन मनाउँदै गर्दा चट्याङको झिल्का लाग्दा सात जना घाइते, सेती अस्पतालमा उपचार हुँदै

    धनगढीमा चट्याङको झिल्का लाग्दा सात जना घाइते, सेती अस्पतालमा उपचार हुँदै

    धनगढी : धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्। मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ परेपछि त्यसको झिल्का लागेर उनीहरू घाइते भएका हुन्।

    घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।

    घटनापछि घाइते सातै जनालाई राति करिब ११ः०५ बजे धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ