काठमाडौं : नेप्सेमा सूचीकृत भएका हाइड्रोपावरमध्ये ९ वटा लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर धनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने जलविद्युत् कम्पनीहरूको सङ्ख्या ९ पुगेको छ। कम्पनीहरूले सार्वजनिक गरेको विवरण अनुसार केही कम्पनीले बोनस शेयरसहित लाभांश घोषणा गरेका छन् भने केहीले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन्।
लाभांश घोषणा गर्नमा रिड्ज लाइन इनर्जी लिमिटेड, मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, युनाइटेड इदि–मार्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी लिमिटेड, मन्दु हाइड्रोपावर लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड र स्नो रिभर्स लिमिटेड रहेका छन्।
लाभांश घोषणा गर्न हाइड्रोपावरमध्ये २ वटाले आगामी साधारण सभाका लागि बुक क्लोज मिति तय भइसकेको छैन। लाभांश घोषणा गरेका जलविद्युत् कम्पनीहरूको विवरण र बुक क्लोजको अवस्था अनुसार विवरण यस प्रकार छ।
१. मन्दु हाइड्रोपावर लिमिटेड (MANDU)
कुल लाभांश : १२ प्रतिशत
नगद लाभांश : १२ प्रतिशत
बुक क्लोज : भदौ ५ गते सम्पन्न भइसकेको।
२. सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL)
कुल लाभांश : १५.७८९५ प्रतिशत
बोनस शेयर : १५ प्रतिशत
नगद लाभांश : ०.७८९५ प्रतिशत
बुक क्लोज : असोज ८ गते सम्पन्न भइसकेको।
३. स्नो रिभर्स लिमिटेड (SNORL)
कुल लाभांश : १०.५२६३ प्रतिशत
बोनस शेयर : १० प्रतिशत
नगद लाभांश : ०.५२६३ प्रतिशत
बुक क्लोज : असोज ८ गते सम्पन्न भइसकेको।
४. सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR)
कुल लाभांश : ५.२६३ प्रतिशत
नगद लाभांश : ५.२६३ प्रतिशत
बुक क्लोज : असोज १९ गते हुने।
५. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC)
कुल लाभांश : ५.२६३ प्रतिशत
बोनस शेयर : ५ प्रतिशत
नगद लाभांश : ०.२६३ प्रतिशत
बुक क्लोज : असोज १३ गते सम्पन्न भइसकेको।
६. रिड्ज लाइन इनर्जी लिमिटेड (RLEL)
कुल लाभांश : १०.५३ प्रतिशत
नगद लाभांश : १०.५३ प्रतिशत
बुक क्लोज : असोज २३ गते हुने।
७. विकास हाइड्रोपावर कम्पनी लिमिटेड (BHCL)
कुल लाभांश : १०.५२६३ प्रतिशत
बोनस शेयर : १० प्रतिशत
नगद लाभांश : ०.५२६३ प्रतिशत
बुक क्लोज : असोज १९ गते हुने।
८. युनाइटेड इदि–मार्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेड (UMRH)
कुल लाभांश : ५.२६३२ प्रतिशत
बोनस शेयर : ५ प्रतिशत
नगद लाभांश : ०.२६३२ प्रतिशत
बुक क्लोज : मिति सार्वजनिक हुन बाँकी।
९. मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड (MSHL)
कुल लाभांश : १५.७८९ प्रतिशत
बोनस शेयर : १५ प्रतिशत
नगद लाभांश : ०.७८९ प्रतिशत
बुक क्लोज : मिति सार्वजनिक हुन बाँकी।