२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अत्यधिक चिसोका कारण भूकम्प पीडितको मृत्यु

images

  • २०८० मंसिर ४, सोमबार
  • 1.0K
    SHARES
  • अत्यधिक चिसोका कारण भूकम्प पीडितको मृत्यु
    मङ्सिर ४, जाजरकोट : अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ। भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनु भएकी खत्रीको मृत्यु भएको हो। उहाँ हाल त्रिपासको साहरामा बस्दै आउनुभएको थियो। खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो। 
     
    यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो। 
     
    त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। चिसोका कारण पछिल्ले एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।
     
    गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भइ गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ