काठमाडौं : गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूको सङ्ख्या ८ पुगेको छ। सिद्धार्थ बैंक, कुमारी, सिटिजन्स बैंक , माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक रहेका छन्।
बैंकहरूले सार्वजनिक गरेको लाभांश विवरण र आगामी साधारण सभाको विवरण यस प्रकार छ:
१. सिद्धार्थ बैंक लिमिटेड
-
कुल लाभांश : २० प्रतिशत
-
बोनस शेयर : १० प्रतिशत ( १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ)
-
नगद लाभांश : १० प्रतिशत (करसहित, १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ)
-
साधारण सभा/स्थान : असोज २८ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँ (बिहान ९:०० बजे)
-
बुक क्लोज : सम्पन्न भइसकेको।
२. नबिल बैंक लिमिटेड
-
कुल लाभांश : १५.८० प्रतिशत
-
बोनस शेयर : ५ प्रतिशत ( १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८ सय ३६ रुपैयाँ ४६)
-
नगद लाभांश : १०.८० प्रतिशत (करसहित, रु २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६ सय ४६.७६)
-
साधारण सभा/स्थान : असोज २२ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँ (बिहान ९:३० बजे)
-
बुक क्लोज : सम्पन्न भइसकेको।
३. एभरेष्ट बैंक लिमिटेड
-
कुल लाभांश : १५ प्रतिशत
-
चुक्तापुँजी : १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९ सय २४ रुपैयाँ)
-
बोनस शेयर : ५ प्रतिशत
-
नगद लाभांश : १० प्रतिशत (करसहित)
-
स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।
४. ग्लोबल आइएमई बैंक लिमिटेड
-
कुल लाभांश : १० प्रतिशत
-
बोनस शेयर : ४ प्रतिशत
-
नगद लाभांश : ६ प्रतिशत (करसहित)
-
स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।
५. सानिमा बैंक लिमिटेड
-
कुल लाभांश : १० प्रतिशत नगद लाभांश (करसहित)
-
चुक्तापुँजी : १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ
-
स्थिति : वार्षिक साधारण सभा सम्पन्न भइसकेको।
६. माछापुच्छ्रे बैंक लिमिटेड
-
कुल लाभांश : ६ प्रतिशत
-
बोनस शेयर : ३ प्रतिशत ( ३६ करोड २५ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ)
-
नगद लाभांश : ३ प्रतिशत (करसहित, ३६ करोड २५ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ)
-
साधारण सभा/स्थान : असोज २८ गते, होटल पोखरा ग्रान्ड, पार्दी, पोखरा (बिहान ११:०० बजे)
-
बुक क्लोज : सम्पन्न भइसकेको।
७. सिटिजन्स बैंक इन्टरनेसनल
-
कुल लाभांश : ४ प्रतिशत
-
बोनस शेयर : ३.८० प्रतिशत
-
नगद लाभांश : ०.२० प्रतिशत (कर प्रयोजनका लागि)
-
साधारण सभा/स्थान : असोज २८ गते, अमृतभोग, डिल्लीबजार, काठमाडौँ (बिहान ११:०० बजे)
-
बुक क्लोज : असोज १९ गते।
८. कुमारी बैंक लिमिटेड
-
कुल लाभांश : २.१०५३ प्रतिशत नगद लाभांश (करसहित, ५५ करोड २१ लाख २३ हजार ३ सय ९६ रुपैयाँ ६३ पैसा )
-
साधारण सभा/स्थान : असोज २८ गते, सिल्भर ओक ब्यांक्वेट, सुवर्ण शमशेर मार्ग, काठमाडौँ (बिहान ११:०० बजे)
-
बुक क्लोज : असोज १९ गते।



