काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई सूचीकृत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेका अनुसार सिटिजन्स बैंक इन्टरनेसनल र विकास हाइड्रोपावर कम्पनीको मूल्य समायोजन भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल :
कम्पनीले प्रस्ताव गरेको ३.८ प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य २ सय ३ रुपैयाँ २८ पैसा कायम भएको छ। यसअघि शुक्रबार दोस्रो बजारमा यसको अन्तिम कारोबार २ सय ११ रुपैयाँमा भएको थियो।
प्रस्तावित लाभांश : कुल ४ प्रतिशत (३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश)।
साधारण सभा : असोज २८ गते बिहान ११ बजे, अमृतभोग, डिल्लीबजार, काठमाडौँ।
प्रमुख एजेन्डा : बोनस सेयर वितरणपछि पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, तथा एकीकृत वित्तीय विवरण र लेखापरीक्षक नियुक्ति अनुमोदन।
विकास हाइड्रोपावर कम्पनी :
कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य ५ सय १० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार दोस्रो बजारमा यसको अन्तिम कारोबार ५ सय ६१ रुपैयाँमा भएको थियो।
प्रस्तावित लाभांश : कुल १०.५२६३ प्रतिशत (१० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश)।
साधारण सभा : असोज २९ गते बिहान ९:३० बजे, होटल स्मार्ट दरबार, धुम्बाराही, काठमाडौँ।
प्रमुख एजेन्डा : अधिकृत तथा चुक्ता पुँजी वृद्धि, नियमावली र प्रबन्धपत्र संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी, वार्षिक प्रतिवेदन स्वीकृति र नयाँ लेखापरीक्षक नियुक्ति।
अन्तिम कारोबार मूल्यलाई आधार मानेर नेप्सेले यस मूल्यमा समायोजन गरेको हो। अब असोज १९ गते सोमबार दोस्रो बजार खुल्दा यिनै समायोजित मूल्यका आधारमा शेयर कारोबार सुरु हुनेछ।