२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

२१ हजारको ल्युब आयल खरिद गर्दा पर्साका लालबाबुले जिते १० लाखको बम्पर उपहार

images

  • २०८३ असोज १६, शुक्रबार
  • 256
    SHARES
  • २१ हजारको ल्युब आयल खरिद गर्दा पर्साका लालबाबुले जिते १० लाखको बम्पर उपहार

    काठमाडौँ : आन्तरिक राजस्व विभागद्वारा सञ्चालित 'करदाता प्रोत्साहन उपहार कार्यक्रम'अन्तर्गत असोज १ देखि १५ गतेसम्मको अवधिमा खरिद-बिक्री गरी बिल लिने उपभोक्ताहरूमध्येबाट उपहार विजेताहरूको नाम शुक्रबार सार्वजनिक गरिएको छ ।

    अर्थ मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा सांसदद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा विजेताहरूको घोषणा गरेका हुन् ।

    घोषणा अनुसार यस १५ दिने अवधिको १० लाख रुपैयाँ राशिको बम्पर उपहार पर्साका लालबाबु साह कानुले प्राप्त गरेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा जारी भएको बीजक (बिल) बम्पर उपहारका लागि छनोट भएको हो।

    कार्यक्रममै आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले विजेता कानुलाई टेलिफोन गरी बधाई दिँदै पुरस्कार दाबीका लागि नजिकैको कर कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका थिए ।

    विभागका अनुसार समीक्षा अवधिमा देशभरबाट कुल ३ करोड १८ लाख १८ हजार २ सय ८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य ठहरिएका थिए । जसमा 

    नगद कारोबार : २ लाख ४७ हजार ९ सय ७९ वटा

    अनलाइन तथा कार्ड भुक्तानी : ३ करोड १५ लाख ७० हजार ३ सय ७ वटा

    यस अवधिमा दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहार विजेताहरूको नामावली तथा कुपन नम्बरसमेत सार्वजनिक गरिएको छ । उपभोक्ताहरूमाझ बिल लिने-दिने संस्कृतिको विकास गर्न सरकारले यस कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    winner 10-2.jpeg
    IRD

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ