काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। हिजो झिनो अंकले बढेको नेप्से आज सामान्य अंकले घटेर बन्द भएको छ। नेप्सेसंगै कारोबार रकम भने घटेको छ। आज नेप्से परिसूचक ११.९० अंकको घटेर २ हजार ५ सय ८७ दशमलव २५ विन्दुमा पुगेको हो।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.४५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ। आज १२ वटै उपसमूहका परिसूचक घटेको छ भने १ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ र २ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ तथा ११ कम्पनीको शेयर मूल्य स्थिर छ।
त्यस्तै, आज एसबिएल डिबेञ्चर २०८९ को २६ करोड ५३ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड ५३ लाख रुपैयाँ र आँखु खोला जलविद्युत कम्पनीको १४ करोड ८४ लाख रुपैयाँ शेयर कारोबार भएको छ। साथै, आज एनएमबि डिबेञ्चर ८९/९० को शेयर सर्वाधिक १४.२९ प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयर सर्वाधिक ८.५५ प्रतिशतले गिरावट आएको छ।
यसगरी, आज ३ सय ५६ कम्पनीको ४३ हजार ६ सय ८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता शेयर कारोबार भएको छ भने हिजो बुधबार ४ अर्ब ८९ करोड १८ लाख ७९ हजाररुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।