काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई कमलादीस्थित ‘रुस्काज् ब्युटी स्टुडियो’ले विभिन्न सौन्दर्य सेवामा विशेष छुट प्रदान गर्ने भएको छ। दुवै संस्थाबिच ग्राहक तथा कर्मचारीहरूलाई सेवा-सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एक कार्यक्रमका बिच रुस्काज् ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरे। सो अवसरमा प्रभु बैंक कमलादी शाखाकी अधिकृत राधा गुरुङ र स्टुडियोका प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठको समेत उपस्थिति थियो।
सम्झौता अनुसार रुस्काज् ब्युटी स्टुडियोमा उपलब्ध निम्नलिखित सेवाहरूमा छुट प्राप्त हुनेछ।
-
हेयर कटिङ र थ्रेडिङ
-
फेसियल, स्किन ट्रिटमेन्ट तथा हेयर केमिकल
-
नेल आर्ट, मेनिक्योर, पेडिक्योर तथा वाक्सिङ
-
मेकअप तथा मेकअप प्याकेजहरू
-
ब्युटीसम्बन्धी तालिम तथा कक्षाहरू
-
कस्मेटिक तथा स्किन केयर उत्पादनहरू
छुटको व्यवस्था :
-
बैंकका ग्राहकहरू : ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट
-
बैंकका कर्मचारीहरू : ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट



