२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाघको आक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

images

  • २०८३ असोज १६, शुक्रबार
  • 266
    SHARES
  • बाघको आक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

    कैलाली : कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरी बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिव ४० वर्षीय चौधरी बिहानै च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार बिहान करिब ५:०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उनीसँगै गएका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए

    घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ