२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा सिद्धार्थ बैंक बैंकको शेयरमूल्य समायोजन

images

  • २०८३ असोज १५, बिहीबार
  • 346
    SHARES
  • नेप्सेमा सिद्धार्थ बैंक बैंकको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमि‍टेडको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले आजको आन्तिम कारोबार रकमलाई आधार मानेर समायोजन गरेको हो। आजको आन्तिम कारोबार मूल्य ४ सात ५९ रुपैयाँ ९० पैसा रहेको । नेप्सेले यही मूल्यलाई आधार मानेर समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ४ सय १८ रुपैयाँ ०९ पैसा कायम भएको छ।

    बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो। बैंकले आर्थिक वर्ष २०८२/८3 को नाफाबाट १० प्रतिशत बोनस सेयर र १०  प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ।

    समायोजित नयाँ मूल्य : ४१८ रुपैयाँ ९ पैसा

    अघिल्लो कारोबारको अन्तिम मूल्य : ४५९ रुपैयाँ ९० पैसा

    अब दोस्रो बजारमा शुक्रबारबैंकको शेयर कारोबार ४१८.०९ रुपैयाँको आधार मूल्यबाट सुरु हुनेछ। बैंकले आगामी असोज २८  गतेका लागि आफ्नो २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सभा सुरु हुने जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ