काठमाडौँ : नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बुधबारकै मूल्य बिहीबार पनि कायम छ ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ भने हिजो बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज पनि ४ हजार ४ सय २५ रुपैयाँ तोलामै कारोबार भइरहेको महासंघले जनाएको छ ।