२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८३ असोज १५, बिहीबार
  • 256
    SHARES
  • सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : सिद्धार्थ बैंक लिमि‍टेडले घोषणा गरेको लाभांश हात पार्ने र आगामी वार्षिक साधारणसभामा सहभागी हुने आज (असोज १५ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण तथा सभा प्रयोजनका लागि भोलि असोज १६ गते ‘बुक क्लोज’ गर्ने निर्णय गरेकाले आजसम्म कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र लाभांशका लागि योग्य हुनेछन्।

    बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

    • बोनस शेयर : १० प्रतिशत (रु १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० बराबर)

    • नगद लाभांश : १० प्रतिशत (करसहित रु १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० बराबर)

    २५ औँ वार्षिक साधारणसभा असोज २८ गते

    उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्दैछ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ।

    सभाका मुख्य एजेन्डाहरू यस प्रकार छन्।

    • अग्राधिकार शेयर लाभांश : अग्राधिकार शेयरधनीहरूका लागि ८.५ प्रतिशतका दरले हुन आउने रु १० करोड ७५ लाख ८९ हजार ४१ बराबरको नगद लाभांश (करसहित) स्वीकृत गर्ने।

    • प्रबन्धपत्र संशोधन : बोनस शेयर जारी गरेपछि चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायको सुझावअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।

    • वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्ति: गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पास गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ