२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईसीएफसी फाइनान्सद्धारा साधारण सभा सम्पन्न, लाभांश पारित

images

  • २०८३ असोज १५, बिहीबार
  • 241
    SHARES
  • आईसीएफसी फाइनान्सद्धारा  साधारण सभा सम्पन्न, लाभांश पारित

    काठमाडौँ : आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २३औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा आयोजित उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

    साधारण सभाले पारित गरेको उक्त नगद लाभांश सभा भएकै दिन सेयरधनीहरूको बैंक खातामा सिधै जम्मा गरिसकिएको संस्थाले जनाएको छ। यसैगरी, सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकको रूपमा 'एस.ए.आर. एसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ।

    हाल १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने संस्थाका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ। साथै,यस फाइनान्सले देशभरका २१ वटा शाखा सञ्जालमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ