२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ओडिआईमा रोहित शर्माको ३५औँ शतक, १२ हजार रन

images

  • २०८३ असोज १४, बुधबार
  • 211
    SHARES
  • ओडिआईमा रोहित शर्माको ३५औँ शतक, १२ हजार रन

    काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको दोस्रो ओडिआई खेलमा भारतीय ब्याटरहरूले कीर्तिमानी प्रदर्शन गरेका छन्। खेलमा ओपनर रोहित शर्माले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो ओडिआई करियरको ३५ औँ शतक पूरा गरेका छन्। उनले मात्र ७२ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०० रनको आँकडा पार गरे। यसै क्रममा रोहितले ओडिआई क्रिकेटमा १२,००० रनसमेत पूरा गर्दै यो उपलब्धि हासिल गर्ने तेस्रो भारतीय खेलाडी बनेका छन्।

    त्यस्तै अर्का ओपनर तथा कप्तान शुभमन गिलले पनि विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ६३ बलमा १० चौका र ५ छक्काको मद्दतले आफ्नो शतक पूरा गरेका हुन्। अघिल्लो खेलमा पनि शतकीय पारी खेलेका गिलको ओडिआई करियरमा यो ११औँ शतक हो। दुवै ओपनरको शतकीय योगदानले भारतीय टोलीलाई बलियो स्थितिमा पुर्‍याएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ