काठमाडौँ : आज बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर बन्द भएको छ। आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्से परिसूचक ४.८२ अंकको घटेर २ हजार ५ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको हो।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ। आज १० वटै उपसमूहका परिसूचक घटेको छ भने ३ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज १ सय ९ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय ५७ कम्पनीको शेयर मूल्य घटेको छ तथा १३ कम्पनीको शेयर मूल्य स्थिर छ।
यसगरी, आज ३ सय ५२ कम्पनीको ४७ हजार ९ सय पटकको कारोबारमा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ५५ हजार ३ सय ७४ कित्ता शेयर कारोबार भएको छ भने हिजो मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
त्यस्तै, आज घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावर कम्पनीको २२ करोड ८३ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको संस्थापक शेयर साढे १८ करोड रुपैयाँ शेयर कारोबार भएको छ।
यसगरी, आज सिन्धु विकास बैंकको शेयर सर्वाधिक १४.३७ प्रतिशत बढेको छ भने सानिमा ग्रोथ फण्ड सर्वाधिक ३.७८ प्रतिशतले गिरावट आएको छ।