काठमाडौँ : मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा उनीहरूका परिवारजन एवं बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लिमिटेडका सम्बन्धित विभागका प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। यस सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहने जनाइएको छ।
प्रभु बैंकले हाल नेपालभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको जनाएको छ।