काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज एक हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ जसमाकालिका पावर कम्पनी लिमिटेड रहेको छ।
नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको ६ लाख ५३ हजार ७ सय ६४ दशमलव ६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
नेप्सेमा शेयर सूचीकृत भएसँगै सम्बन्धित शेयरधनीहरूको हितग्राही (डिम्याट ) खातामा बोनस शेयर जम्मा भएपछि उनीहरूले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।