२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

९.६२ अंकले घट्याे नेप्से, नेप्सेसंगै कारोबार रकम पनि गिरावट

images

  • २०८३ असोज १३, मंगलबार
  • 211
    SHARES
  • ९.६२ अंकले घट्याे नेप्से, नेप्सेसंगै कारोबार रकम पनि गिरावट

    काठमाडौँ : आज मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर बन्द भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक ९.६२ अंकको घटेर २ हजार ६ सय ०३ दशमलव ७१ विन्दुमा पुगेको हो।

    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०१ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ। आज ११ वटै उपसमूहका परिसूचक घटेको छ भने २ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय ९९ कम्पनीको शेयर मूल्य घटेको छ तथा १० कम्पनीको शेयर मूल्य स्थिर छ।

    यसगरी, आज ३ सय ६३ कम्पनीको ५१ हजार २ सय ६३ पटकको कारोबारमा ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर कारोबार भएको छ भने हिजो सोमबार ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    त्यस्तै, आज हिमालयन डिष्टिलरीको २२ करोड ९९ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँ र सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ शेयर कारोबार भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ