२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारी खातामा ३ खर्ब ६१ अर्ब बढी नगद मौज्दात

images

  • २०८३ असोज १२, सोमबार
  • 261
    SHARES
  • चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारी खातामा ३ खर्ब ६१ अर्ब बढी नगद मौज्दात

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) को अन्त्यसम्ममा सरकारको खातामा कुल ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा उक्त रकम जम्मा भएको हो।

    गत आर्थिक वर्ष २०८३ को असार मसान्तसम्ममा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ मात्र रहेकोमा साउन महिनामा सरकारी साख र खातामा उल्लेखनीय वृद्धि देखिएको छ।

    प्रदेश सरकारको खर्च र स्रोत परिचालन : 

    समीक्षा अवधिमा सातै प्रदेश सरकारको कुल खर्च १ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ भने सोही अवधिमा प्रदेशहरूले ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गरेका छन्।

    प्रदेशहरूले परिचालन गरेको कुल स्रोतमध्ये ठूलो हिस्सा संघीय सरकारको योगदान रहेको छ:

    • संघीय वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँटसहित) : ३ अर्ब ८३ करोड रुपैयाँ

    • प्रदेशको आन्तरिक राजस्व तथा अन्य प्राप्ति : १ अर्ब ९५ करोड रुपैयाँ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ