२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

images

  • २०८३ असोज १२, सोमबार
  • 426
    SHARES
  • नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

    काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई सूचीकृत कम्पनी र एक म्युचुअल फण्डको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेका अनुसार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य समायोजन भएको छ।

    सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज : 
     कम्पनीले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य १ हजार २ सय १३  रुपैयाँ ६४ पैसा कायम भएको छ। यसअघि सोमबार दोस्रो बजारमा यसको अन्तिम कारोबार १ हजार ३ सय ३५ रुपैयाँमा भएको थियो।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंक : 
    कम्पनीले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य ४ सय ४ रुपैयाँ ६२ पैसा कायम भएको छ। यसअघि सोमबार दोस्रो बजारमा यसको अन्तिम कारोबार ४ सय २८ रुपैयाँ ९०  पैसामा भएको थियो।


    अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी : 
    कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य २ सय ५६ रुपैयाँ १९ पैसा कायम भएको छ। यसअघि सोमबार दोस्रो बजारमा यसको अन्तिम कारोबार ४ सय ६९ रुपैयाँमा भएको थियो।

    अन्तिम कारोबार मूल्यलाई आधार मानेर नेप्सेले यस मूल्यमा समायोजन गरेको हो। अब असोज १३ गते मंगलबार दोस्रो बजार खुल्दा यिनै समायोजित मूल्यका आधारमा शेयर कारोबार सुरु हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ