२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढीले बगाएको क्रुजसिप अड्किएपछि नारायणी पुलमा आवतजावत ठप्प, हजारौं यात्रु प्रभावित

images

  • २०८३ असोज ११, आइतबार
  • 236
    SHARES
  • बाढीले बगाएको क्रुजसिप अड्किएपछि नारायणी पुलमा आवतजावत ठप्प, हजारौं यात्रु प्रभावित

    चितवन : नारायणी नदीमा आएको बाढीले बगाएको एउटा क्रुजसिप पुलमुनि अड्किएपछि चितवन र नवलपुर जोड्ने मुख्य पुलमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

    पुलभन्दा करिब १०० मिटर माथि किनारमा बाँधेर राखिएको उक्त क्रुजसिप आज साँझ साढे ५ बजेतिर नदीको तीव्र बहावले बगाएको थियो। बगेर आएको क्रुजसिप नारायणी पुलको पिलरमा गएर अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि पुलबाट हुने सम्पूर्ण आउजाउ रोकिएको हो।

    चितवनको भरतपुर र नवलपुरको गैंडाकोट जोड्ने यो मुख्य पुल बन्द भएसँगै पूर्व-पश्चिम राजमार्ग भई सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। राजमार्गमा सवारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरू समस्यामा परेका छन्।

    अहिले प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेर अड्किएको क्रुजसिपलाई सुरक्षित रूपमा पन्छाउने र पुलको स्थिति मूल्याङ्कन गर्ने प्रयास गरिरहेका छन्। स्थिति सामान्य नभएसम्म पुलमा यातायात सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ