२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका एक युवकको मृत्यु, ९ जना सम्पर्कविहीन

images

  • २०८३ असोज ११, आइतबार
  • 211
    SHARES
  • जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका एक युवकको मृत्यु, ९ जना सम्पर्कविहीन

    हुम्ला : हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी (कटुको) संकलन गर्न पुगेका मुगुका स्थानीयवासीमध्ये एक जनाको ज्यान गएको छ भने नौ जना अझै बेपत्ता छन्। जडीबुटी संकलनका लागि हुम्ला पुगेका मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइल गाउँका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए।

    प्रहरीका अनुसार गत भदौ २८ गते १३ जनाको टोली कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेको थियो। तर, स्थानीय सामुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा जडीबुटी संकलन गर्न रोक लगाएपछि उनीहरू फर्किएका थिए। फर्कने क्रममा घुँडासम्म बाक्लो हिउँ जमेको क्षेत्रमा अत्यधिक चिसो र हिमपातका कारण गणेश बुढाको मृत्यु भएको प्रहरीको भनाइ छ।

    यी हुन् बेपत्ता हुनेहरू :

    • पापु गाउँका : बलबहादुर बुढा (२८), प्रकाश बुढा (२७), ललितजंग बढुवाल (३६), जयबहादुर बढुवाल (३५) र ओखबहादुर रोकाय (२६)।

    • छाइल गाउँका : जयबहादुर रोकाय (३६), वीरबहादुर ऐडी (४२), प्रेम रोकाय (२३) र पवन रोकाय (१९)।

    टोलीका अन्य तीन जना— बच्चा बुढा (३६), प्रिय बुढा (३४) र सर्जन बुढा (१६) भने सकुशल सम्पर्कमा आउन सफल भएका छन्। सिमानामा विवाद र लखेटिएको आरोप स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जडीबुटी टिपिरहेका संकलकहरू हुम्लाको सीमाक्षेत्रमा पुगेपछि असोज १० गते दुई पक्षबीच विवाद र झडप भएको थियो। हुम्लातर्फको सामुदायिक वन समूहले मुगुका संकलकहरूलाई लखेटेको आरोप मुगुका स्थानीयले लगाएका छन्।

    लखेटिने क्रममा ज्यान जोगाउन अग्लो हिमाली भेग र हिउँको बाटो हुँदै भाग्दा यो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। खराब मौसमले खोजी र उद्धारमा कठिनाइ घटनाको खबर पाएलगत्तै मुगु र हुम्ला दुवै जिल्लाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। तर, अति उच्च हिमाली क्षेत्र र निरन्तर भइरहेको भारी हिमपातका कारण उद्धार टोलीलाई अघि बढ्न र बेपत्ताहरूसँग सम्पर्क स्थापित गर्न निकै कठिनाइ भइरहेको डीएसपी थपलियाले बताए।

    हुम्ला र मुगुको सीमाना (मिनी क्षेत्र) मा भएको यो घटनाको वास्तविक तथ्य पत्ता लगाउन र बेपत्ताहरूको खोजी कार्य तीव्र पार्न दुवै जिल्लाका सुरक्षा निकायले समन्वय गरिरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ