साताभर नेप्सेमा साढे १७ अंकको गिरावट: ३ दिन मा १८ करोडको कारोबार
काठमाडौं : गत साता नेपाली सेयर बजारमा उतरचढावका बीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक समग्रमा १७.५८ अंकले ओरालो लागेको छ। प्राविधिक अवरोध र सार्वजनिक बिदाका कारण साताभरमा ३ दिन मात्रै कारोबार भएको बजार २६ सय २९ दशमलव ८१ को बिन्दुमा पुगेर रोकिएको छ।
तीन दिनको अवधिमा कुल १८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। असोज ५ गते (सोमबार) ७२ वटा सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या उत्पन्न भएपछि नेप्सेले कारोबार स्थगित गरेको थियो। यस्तै, असोज ९ गते (शुक्रबार) इन्द्रजात्राको सार्वजनिक बिदा परेकाले बजार बन्द रहेको हो।
साताभरिको बजार उतारचढाव :
साताका ३ कारोबार दिनमध्ये २ दिन हरियाली छाए पनि १ दिनको ठूलो गिरावटले समग्र सूचकलाई घटाएको हो ।
मंगलबार : साताको पहिलो कारोबार दिन बजार ७.०६ अंकले उकालो लाग्दै २६ सय ५४ दशमलव २८ को बिन्दुमा पुगेर बन्द भयो। उक्त दिन रु. ६ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो।
बुधबार : दोस्रो दिन नेप्सेमा ठूलो गिरावट आयो। सूचक ३६.२५ अंकले घटेर २६ सय १८ दशमलव ३ को बिन्दुमा झर्यो भने रु. ६ अर्ब १६ करोडको सेयर कारोबार भयो।
बिहीबार: साताको अन्तिम कारोबार दिन बजार सम्हालिँदै ११.७७ अंकले बढेर २६ सय २९ दशमलव ८१ को बिन्दुमा बन्द भयो। यस दिन रु. ५ अर्ब २१ करोडको कारोबार भएको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com