काठमाडौँ : नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मूल्य प्रतितोला ७ सय रुपैयाँ र मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ।
महासंघको अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ भने शुक्रबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो।
यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघको आजको दर अनुसार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको चाँदी आज आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ।