काठमाडौँ : जापानमा जारी २० औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले नेपालले जापानलाई १ सय ५० रनको लक्ष्य दिएको छ।
नेपालका लागि सन्दीप जोरा र लोकेस बमले उत्कृष्ट अर्धशतक पारी खेलेका थिए। लोकेस बमले २२ बलमा ५२ रन र सन्दीप जोराले ३२ बलमा ५७ बनाएका थिए। यस्तै, आशिफ शेखले २१ रनको बनाएका थिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले १-१ विकेट लिएका थिए । यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेट पराजित गरेको थियो ।
यस समूहमा आयोजक जापान, अफगानिस्तान र नेपाल रहेका छन्। समूह चरणका खेलहरूपछि शीर्ष स्थानमा रहने टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ। यस्तै, क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।