२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसियन गेम्स क्रिकेट : नेपालको सानदार जित, अफगानिस्तान ५ विकेटले पराजित

images

  • २०८३ असोज ९, शुक्रबार
  • 256
    SHARES
  • एसियन गेम्स क्रिकेट : नेपालको सानदार जित, अफगानिस्तान ५ विकेटले पराजित

    काठमाडौँ : जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ पराजित गरेको छ ।

    यस्तै, अफगनिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाएका थिए भनेर रोहित पौडेलले अविजित ३३ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाएका थिए ।

    यस अघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रन मात्र बनाएको छ। 
    यस्तै, अफगानिस्तानका लागि फैसल खान अहमदजाई र नजिबुल्लाह जद्रानले समान ३०-३० रन बनाएका थिए भने नाङ्गेयालिया खानले अविजित १७ रन जोडे र अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।


    नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले कसिलोबलिङ गर्दै अफगानिस्तानलाई दबाबमा राखेका थिए । उनले आफ्नो ४ ओभरको स्पेलमा जम्मा २१ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लएका थिए। त्यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले पनि उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन मात्र दिएर ३ विकेट हात पारेका थिए ।

    प्रतियोगितामा नेपालको यस पहिलो खेल हो भने अफगानिस्तानले हिजो जापानलाई ४८ रनले पराजित गरेको थियो। यस समूहमा आयोजक जापान, अफगानिस्तान र नेपाल रहेका छन्। समूह चरणका खेलहरूपछि शीर्ष स्थानमा रहने टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ। नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल (भोलि) शनिबार घरेलु टोली जापानसँग खेल्ने तालिका रहेको छ।

    यस्तै, क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्ने छ । यसअघिको एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ