काठमाडौँ : स्थानीय बजारमा आज बिहीबार सुनचाँदी दुवैको मूल्यमा गिरावट अएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय तथा चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार प्रतितोला ३ लाख ३ हजार ३ सय रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १ सय ६५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँ थियो।