२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लाभांश पारित गर्न विकास हाइड्रोपावरद्वारा साधारणसभा आह्वान

images

  • २०८३ असोज ८, बिहीबार
  • 236
    SHARES
  • लाभांश पारित गर्न विकास हाइड्रोपावरद्वारा साधारणसभा आह्वान

    काठमाडौँ :  विकास हाइड्रोपावर कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सञ्चालक समितिको हालै बसेको बैठकको निर्णयअनुसार सभा यही असोज २९ गते मंगलबार काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूका लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्ने मुख्य एजेण्डा बनाएको छ। कम्पनीको हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ रहेको छ। यस अनुसार :

    • बोनस शेयर : १० प्रतिशत (९ करोड ९ लाख १० हजार १ सय ३० रुपैयाँ )

    • नगद लाभांश (कर प्रयोजनार्थ ): ०.५२६३ प्रतिशत (रु. ४७ लाख ८४ हजार ६ सय रुपैयाँ १४ पैसा )

    सभाका अन्य मुख्य प्रस्तावहरू :

    • बोनस शेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ। साथै नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सोहीअनुसार काम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।

    • गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरिनेछ। चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।

    बुक क्लोज मिति : असोज १९ गते 

    साधारणसभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले असोज १९ गते 'बुक क्लोज' गर्ने निर्णय गरेको छ। तसर्थ, असोज १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ