२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नयाँ हजारको नोट आजदेखि चलनचल्तीमा आउने 

images

  • २०८३ असोज ८, बिहीबार
  • 216
    SHARES
  • नयाँ हजारको नोट आजदेखि चलनचल्तीमा आउने 

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि १,००० रुपैयाँ दरको नयाँ नोट बजारमा ल्याएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि यो नयाँ नोट औपचारिक रूपमा चलनचल्तीमा आएको हो।

    पुराना नोटको आकार र बनावटलाई निरन्तरता दिइए पनि नयाँ नोटको रङ र सुरक्षा विशेषतामा केही परिमार्जन गरिएको छ। यसपटक नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो देखिने बनाइएको छ। नोटको बायाँतर्फ सर्वोच्च शिखर सगरमाथाको चित्र छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानीछाप (Watermark) र त्यसको मुनि अङ्क '१०००' अङ्कित गरिएको छ।

    यस्तै, नोटको मध्य भागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका प्रसिद्ध जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को तस्बिर राखिएको छ। (यिनको जन्म 'देवकली' नामको हात्तीबाट भएको थियो)।  नयाँ नोट 'सिरिज २०२५' अन्तर्गत जारी गरिएको हो, जसको सङ्केत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहेको छ।

    यसअघि राष्ट्र बैंकले २०७७ साउन ७ गतेदेखि ‘सिरिज २०१९’ (सङ्केत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म) का १,००० दरका नोटहरू बजारमा ल्याएको थियो। पुराना नोटहरू पनि नयाँ नोटहरूसँगै साविकबमोजिम नै चलनचल्तीमा रहनेछन्।

    1000 new.jpg

    1000 notice.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ