२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारी वर्षाको जोखिम: बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन रोक्ने तयारी

images

  • २०८३ असोज ७, बुधबार
  • 201
    SHARES
  • भारी वर्षाको जोखिम: बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन रोक्ने तयारी

    काठमाडौँ : आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गर्ने तयारी गरेको छ।

    सम्भावित वर्षा र पहिरोका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गरी यातायात सेवालाई सुरक्षित र सहज बनाउन यस्तो कदम चाल्न लागिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए।

    "मौसम पूर्वानुमान अनुसार वर्षा, पहिरो र सडकमा आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै निर्माण कार्य केही दिन रोक्ने तयारी गरेका हौँ," मन्त्री लम्सालले भने, "यसबाट सडकमा हुने जोखिम कम भई सवारी साधनको आवगमन थप सुरक्षित र सहज हुने अपेक्षा छ।"

    मन्त्री लम्सालले वर्षा र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन र अनावश्यक जोखिम नमोल्न सर्वसाधारण तथा यात्रुहरूलाई आग्रहसमेत गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ