२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्रीबीच भेटवार्ता : राहत र मल आपूर्ति प्राथमिकतामा

images

  • २०८३ असोज ७, बुधबार
  • 281
    SHARES
  • कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्रीबीच भेटवार्ता : राहत र मल आपूर्ति प्राथमिकतामा

    काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ।

    भेटमा मुख्य गरी आगामी खेतीपातीका लागि आवश्यक रासायनिक मलको सहज व्यवस्थापन र रसुवाका बाढी प्रभावितहरूलाई राहत उपलब्ध गराउने विषयमा कुराकानी भएको छ। सोही क्रममा विश्व वन्यजन्तु कोष (WWF) ले रसुवाका बाढी पीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप उपलब्ध गराएको १ करोड ५० लाख रुपैयाँ मन्त्री चौधरीले कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन्।

    छलफलका क्रममा किसानलाई समयमै मल पुर्‍याउन स्रोत तथा बजेटको चुस्त व्यवस्थापन गर्ने र आपूर्ति प्रणालीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ