काठमाडौं : कुमारी बैंक लिमिटेडले आगामी असोज २८ गतेका लागि आफ्नो वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गर्नेछ। बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ रहेको छ। तत्कालीन एनसीसी बैंकसँगको मर्जरपछि विगत तीन वर्षसम्म लाभांश बाँड्न नसकेको कुमारी बैंकले चौथो वर्षमा आएर शेयरधनीहरूलाई लाभांश दिन लागेको हो।
यसका साथै, सभामा सञ्चालक समितिको आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका नियमित एजेन्डाहरू पनि पेस गरिनेछन्।