काठमाडौं नेपाली सुनचाँदी बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर आज चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो भने चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।