काठमाडौँ : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा असोज २८ गते रुपन्देहीको बुटवलस्थित 'होटल सेफ्रन सीके' मा बिहान ११:३० बजेदेखि सुरु हुनेछ।
साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले प्रस्ताव गरेको लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत (करसहित) नगद लाभांश रहेको छ।
साधारणसभाका मुख्य एजेन्डाहरु:
-
लाभांश अनुमोदन : ६% बोनस शेयर र १०% नगद लाभांश पारित गर्ने।
-
वित्तीय प्रतिवेदन स्वीकृत : गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने।
-
लेखापरीक्षक नियुक्ति : चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।
-
विशेष प्रस्ताव : प्रबन्धपत्र र नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट प्राप्त हुने सुझाव वा निर्देशन बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सञ्चालकहरुको बैठक भत्ता र अन्य सुविधा हेरफेर वा वृद्धि गर्ने।



