२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने विदेशी पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

images

  • २०८३ असोज ४, आइतबार
  • 241
    SHARES
  • एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने विदेशी पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

    काठमाडौँ : नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि दूरसञ्चार सेवा अझ सहज र पहुँचयोग्य बनाउन एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बिच रणनीतिक साझेदारी भएको छ। नेपाल पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रममा दुवै संस्थाले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता पत्रमा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरे।

    यस सहकार्य अनुसार नेपाल आउने विदेशी पर्यटकहरूलाई यात्रा अवधिभर आफ्ना परिवार तथा साथीभाइसँग निरन्तर सम्पर्कमा रहन एनसेलले उच्चस्तरीय मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। बदलामा नाटोले आफ्नो देशभर फैलिएको ट्राभल अपरेटरहरूको सञ्जाल प्रयोग गरी पर्यटकहरूलाई एनसेलका सेवा, सुविधा र सिम कार्डबारे जानकारी गराउनेछ।

    कार्यक्रममा बोल्दै एनसेलका प्रतिनिधि दत्ताले एनसेलको पहुँच र नाटोको पर्यटकीय सञ्जालको मिश्रणले पर्यटकको नेपाल बसाइलाई अझ सम्झनायोग्य बनाउने बताए। साथै, यस कदमले 'नेपाल कलिङ' अभियानलाई टेवा पुर्‍याउँदै नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

    त्यस्तै, नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म नै मानिस र संस्कृतिलाई जोड्नु रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले पर्यटकहरूको सञ्चार आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्ने धारणा राखे।

    दूरसञ्चार सेवाका अलावा यी दुई संस्थाले दिगो र जिम्मेवार पर्यटनका लागि सामाजिक कार्यमा पनि हात मिलाएका छन्। एनसेल फाउन्डेसनमार्फत मुख्य राजमार्गहरूमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) पूर्वाधार निर्माण गरिनेछ। यसको सुरुवात धादिङको गजुरीबाट पाइलट प्रोजेक्टको रूपमा गरिने जनाइएको छ, जसले पर्यटकका साथै स्थानीय समुदायलाई पनि सुविधा पुर्‍याउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ