२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढी : माथिल्लो त्रिशूली–१ को टनेलबाट २४ शव फेला, खोजी कार्य अझै जारी

images

  • २०८३ असोज ४, आइतबार
  • 436
    SHARES
  • रसुवा बाढी : माथिल्लो त्रिशूली–१ को टनेलबाट २४ शव फेला, खोजी कार्य अझै जारी

    रसुवा : गत भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। आयोजनाको अडिट-३ सुरुङ क्षेत्रबाट शनिबारसम्म २४ जनाको शव फेला पारिएको उद्धार टोलीले जनाएको छ।

    अडिट-३ सुरुङको अपस्ट्रिम खण्डमा बाँकी रहेका भग्नावशेष र करिब २०० किलोग्राम तौलका स्टिलका सामग्री हटाई खोजीका लागि बाटो खुलाइएको छ। स्टिल ग्यान्ट्री फर्मवर्क र रिबार (फलामको डन्डी) भित्र जेलिएका अवशेषहरू पन्छाउँदै टोली अघि बढिरहेको छ।

    उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आयोजनाका प्राविधिकसहित ४४ जनाको संयुक्त टोली परिचालन गरिएको छ। सुरुङको डाउनस्ट्रिम क्षेत्रमा तालिमप्राप्त कुकुर (सर्च डग) को प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ भने मैलुङ क्याम्प क्षेत्रमा एक्स्काभेटर प्रयोग गरेर गेग्रान पन्छाउने काम निरन्तर चलिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ