२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आगजनीबाट प्रभावित टंगालस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा

images

  • २०८३ असोज ४, आइतबार
  • 361
    SHARES
  • आगजनीबाट प्रभावित टंगालस्थित भाटभटेनी  भोलिदेखि पुनः सञ्चालनमा

    काठमाडौं : काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि (सोमबार) देखि ग्राहकका लागि पुनः सञ्चालनमा आउने भएको छ। क्षतिपछि आवश्यक मर्मत सम्भार र तयारी पूरा गरी भोलिदेखि दैनिक रूपमा नियमित सेवा उपलब्ध गराइने भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (COO) पानु पौडेलले जानकारी दिएका छन्।

    ठूलो भौतिक तथा आर्थिक क्षति व्यहोर्नुपरे तापनि कम्पनीले आफ्ना कर्मचारी र व्यावसायिक जिम्मेवारीलाई निरन्तरता दिएको अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए। उनका अनुसार संस्थामा कार्यरत १० हजारभन्दा बढी कर्मचारीहरूलाई विस्थापित नगरी सञ्चालनमा आएका शाखाहरूमा नै पुनः समायोजन गरिएको छ।

    आगजनीपछिको परिस्थिति स्मरण गर्दै अध्यक्ष गुरुङले भने, "आँखै अगाडि स्टोरहरू जलिरहँदा मनमा पीडा र आँखामा आँसु भए पनि हामीले राज्य र कर्मचारीप्रतिको दायित्व बिर्सिएनौँ। विगतका भूकम्प र कोभिड महामारीमा पुर्‍याएको योगदानलाई सम्झँदै हामी खरानीबाट पुनः उठ्ने संकल्पमा पुगेका हौँ।"

    घटनाको एक हप्ताभित्रै मर्मतको काम थालिएको र ५ महिनाभित्रै पूर्ण रूपमा जलेको कोटेश्वर शाखा पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। आगजनीबाट प्रभावित भएका १२ वटा स्टोरहरूमध्ये हालसम्म १० वटा पुनः सञ्चालनमा आइसकेका छन्।

    बाँकी रहेका दमक र हेटौंडाका स्टोरहरूमा पनि संरचनागत निर्माण, उपकरण व्यवस्थापन तथा आन्तरिक डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। कम्पनीका अनुसार पुनर्निर्माणका क्रममा गुणस्तर र दीर्घकालीन सुरक्षालाई विशेष ध्यान दिइएको छ र ती शाखाहरू पनि चाँडै नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ