२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८३ असोज २, शुक्रबार
  • 231
    SHARES
  • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : ग्लोबल आइएमई बैंक, आईसीएफसी फाइनान्स र नेपाल ल्युब आयलको लाभांश प्राप्त गर्ने आज (असोज २ गते) अन्तिम दिन रहेको छ। यी तीनवटै कम्पनीले आगामी असोज ५ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म सेयर कायम राख्ने वा खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश पाउनेछन्। असोज ३ र ४ गते सेयर बजार बन्द रहने भएकाले लाभांश र साधारणसभामा सहभागी हुन चाहने लगानीकर्ताले आजै कारोबार समयभित्र सेयर खरिद गरिसक्नुपर्नेछ।

    यी हुन् कम्पनी अनुसारको लाभांश र साधारणसभाको विवरण:

    ग्लोबल आइएमई बैंक लिमिटेड :

    • २० औँ साधारणसभा : असोज १६ गते (बिहान ९ बजे, नेपाल पुलिस क्लब, भृकुटीमण्डप)

    • प्रस्तावित लाभांश : कुल १० प्रतिशत (४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद)

    आईसीएफसी फाइनान्स लिमिटेड :

    • २३ औँ साधारणसभा : असोज १३ गते (बिहान १० बजे, बौद्ध हेरिटेज, काठमाडौँ)

    • प्रस्तावित लाभांश : १०.५२६३ प्रतिशत नगद लाभांश (कुल १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ)

    नेपाल ल्युब आयल लिमिटेड :

    • ३५ औँ साधारणसभा : असोज १९ गते (बिहान ११:३० बजे, दि प्लाजा, पुल्चोक)

    • प्रस्तावित लाभांश : कुल २१.०५२६४ प्रतिशत (१५ प्रतिशत बोनस सेयर र ६.०५२६४ प्रतिशत नगद)

    • विशेष प्रस्ताव : १:२ को अनुपातमा (२०० प्रतिशत) हकप्रद सेयर जारी गर्ने

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ