काठमाडौँ : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। संस्थाको हाल कायम चुक्ता पूँजीका आधारमा ९.५ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्न लागिएको हो।
असोज २ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ। उक्त प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन्।