२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशभर पश्चिमी र मनसुनी वायुको प्रभाव : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

images

  • २०८३ असोज २, शुक्रबार
  • 251
    SHARES
  • देशभर पश्चिमी र मनसुनी वायुको प्रभाव : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

    काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव परेको छ। मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यसको प्रभावले गर्दा देशका धेरैजसो भूभागमा बादल लागेको छ। अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसोको मौसम पूर्वानुमान

    • हिमाली भूभाग : कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ।

    • पहाडी भूभाग : कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका धेरैजसो स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

    • तराई भूभाग : तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ।

    • विशेष चेतावनी : कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    रातिको मौसम पूर्वानुमान रातिको समयमा कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

    • हिमाली क्षेत्र : कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भेगका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ।

    • पहाडी क्षेत्र : कोशी र गण्डकीका केही स्थान, बागमतीका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना छ।

    • तराई क्षेत्र : कोशी प्रदेशको तराईका केही स्थान, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै ठाउँ तथा बाँकी तराईका एक-दुई स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

    चट्याङ्ग र भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्‌ले आग्रह गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ