२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुग्लिन-नारायणगढको १५ किलोमा लेदो पहिरो : सडक एकतर्फी, खुलाउने प्रयास जारी

images

  • २०८३ असोज २, शुक्रबार
  • 266
    SHARES
  • मुग्लिन-नारायणगढको १५ किलोमा लेदो पहिरो : सडक एकतर्फी, खुलाउने प्रयास जारी

    काठमाडौँ : मुग्लिन-नारायणगढ सडक खण्डको १५ किलो भन्ने स्थानमा लेदोसहितको पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको छ। शुक्रबार बिहान करिब साढे ७ बजे सडकमाथिबाट लेदो खसेपछि यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले लेदो पन्छाउने काम जारी छ। पहिरो हटाएर सडक पूर्ण रूपमा (दुईतर्फी) सञ्चालनमा ल्याउन करिब एक देखि डेढ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक एकतर्फी मात्र खुल्ला रहेकाले सो क्षेत्रमा सवारी साधनको चाप बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ