२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौंमा ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ

images

  • २०८३ असोज १, बिहीबार
  • 216
    SHARES
  • काठमाडौंमा  ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ

    काठमाडौँ : सेवाग्राहीलाई अनेक बहानामा दुःख दिएर ९ लाख रुपैयाँ घुस लिने एक जना नापी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको डिल्लीबजार नापी कार्यालयअन्तर्गत माछापोखरी (३ नम्बर नापी टोली) का प्रमुख डिल्लीबहादुर वली रहेका छन्।

    घटना कसरी भयो?
    छुट भएको जग्गा दर्ता प्रक्रियाका लागि मनमैजुस्थित भूमि प्रशासन कार्यालयमा सिफारिससहितको फाइल (मिसिल) पठाउनुपर्ने थियो। तर, अधिकृत वलीले आफ्नो जिम्मेवारी सहजै पूरा गर्नुको साटो सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै आएका थिए। त्यही काम गरिदिएबापत उनले मोटो रकम माग गरेपछि पीडित सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए।

    सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, बुधबार काठमाडौंको टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकमा रहेको एउटा रेस्टुरेन्टमा सेवाग्राहीबाट ९ लाख रुपैयाँ बुझ्दै गरेको अवस्थामा वलीलाई नियन्त्रणमा लिइएको हो।

    अब के हुन्छ?
    घुस रकमसहित पक्राउ परेका वलीविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनी कारबाही अघि बढाइएको छ। बिहीबार विशेष अदालतबाट म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ