काठमाडौँ : लगातार तीन कारोबार दिनको उत्साहजनक वृद्धिपछि नेप्सेमा ब्रेक लागेको छ। गत तीन दिनमा कुल १०२.०६ अंकले उकालो लागेको बजारबाट आज बुधबार परिसूचकमा गिरावट देखिएको हो।
यसगरीआज बुधबार नेप्से परिसूचक २१.१९ अंकले घट्दै २,६१२.४२ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ३.७७ अंक, फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंकले घटेका छ।
परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। हिजो मंगलबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज बुधबार ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँमा सीमित भयो जसमा कुल ३५० वटा कम्पनीका १ करोड ५१ लाख १ हजार कित्ता शेयर ५५ हजार ८३१ पटक किनबेच भएका छ।
आज बुधबार बजारका १३ वटै उपसमूहका परिसूचक घटेका छन्। आज नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक ६.३७ प्रतिशत नाफा कमाएका छन् भने एनएमबी हाइब्रिड फण्ड एल २ को इकाई मूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ ।
यस्तै, ३७ करोड ९५ लाखको कारोबारका साथ हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थान छ भने रिलायन्स स्पिनिङ्ग मिल्स २५ करोड र शिवम् सिमेन्ट्स १६.५ करोडभन्दा बढीको कारोबार भएको छ।