काठमाडौँ : नेपाली बजारमा आज बुधबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ७ सय र चाँदी ८५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कारोबार भएको छ हिजो मंगलबार प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ हिजो मंगलबार प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।