काठमाडौँ : कुमारी बैंक लिमिटेडले हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले चुक्तापुँजीको २.१०३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर प्रयोजनसहित) प्रदान गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३ सय ४० रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।