काठमाडौँ : रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने कुल ५७ करोड रुपैयाँ बराबरको नगद लाभांश (करसहित) बाँड्ने प्रस्ताव अघि सारेको हो।
हाल रिलायन्स स्पिनिङ मिल्सको चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। कम्पनीले यस लाभांश पारित गर्नका लागि आगामी असोज २२ गते आफ्ना शेयरधनीहरुलाई ३२ औँ वार्षिक साधारणसभामा बोलाएको छ।
उक्त साधारणसभा काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्डमा बिहान ९ बजेदेखि सुरु हुनेछ। लाभांश तथा साधारणसभाको प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।
तसर्थ, असोज १३ गतेसम्म बजारमा शेयर कायम रहेका लगानीकर्ताहरुले मात्र यस लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन्।