२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वर्ल्डलिंकले ल्यायो साना तथा मध्यम व्यवसाय लक्षित ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

images

  • २०८३ भदौ २५, बिहीबार
  • 296
    SHARES
  • वर्ल्डलिंकले ल्यायो साना तथा मध्यम व्यवसाय लक्षित ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

    काठमाडौँ : नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ नामको म्यानेज्ड वाइफाई सेवा सुरु गरेको छ।

    व्यावसायिक परिसरको हरेक कुनामा समान र उच्च गतिको इन्टरनेट पहुँच पुर्‍याउने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ। यस प्रविधिमार्फत व्यवसायीहरूले क्लाउड प्रणालीबाटै आफ्नो वाइफाई नेटवर्कको सहज व्यवस्थापन र अनुगमन गर्न सक्नेछन्। साना तथा मध्यम व्यवसायीहरूसँगको प्रत्यक्ष परामर्श र व्यापक स्थलगत परीक्षणपछि यो सेवा तयार पारिएको हो।

    नेपालमा अधिकांश साना तथा मध्यम उद्योगहरू अझै पनि घरायसी (होम) इन्टरनेटमै निर्भर रहेकाले व्यावसायिक काममा अनेकौँ चुनौती देखिने गरेको वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीले बताए। "होम इन्टरनेटको प्रयोग गर्दा कार्यस्थलका सबै ठाउँमा सिग्नल नपुग्ने, पिक आवरमा कनेक्सन काटिने र नेटवर्कमा भइरहेका गतिविधिको जानकारी नहुने जस्ता समस्या हुन्छन्," उनले भने, "यी सबै समस्याको दीर्घकालीन समाधानका रूपमा हामीले बिज २४ ल्याएका हौँ। यसले व्यवसायलाई थप भरपर्दो र व्यावसायिक स्तरको कनेक्टिभिटी दिन्छ।"

    'बिज २४' का प्रमुख विशेषताहरू :

    • पूर्ण कभरेज : व्यावसायिक भवन वा कार्यालयका सबै क्षेत्रमा समान र तीव्र गतिको वाइफाई पहुँच।

    • क्लाउड व्यवस्थापन : क्लाउड प्रविधिमार्फत सजिलै नेटवर्कको निगरानी र नियन्त्रण गर्न सकिने।

    • व्यावसायिक स्तरको सुरक्षा : साना तथा मध्यम व्यवसायका लागि उपयुक्त, सुरक्षित र निरन्तर चल्ने इन्टरनेट सुविधा।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ