काठमाडौँ : नेपाली बजारमा आज बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुनको मूल्य ३ हजार ४ सय र चाँदीको मूल्य १ सय ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ आनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बिहीबार १ सय ५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ भने हिजो बुधबार ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।