२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसीसी पुरुष प्रिमियर कप : ओमानविरुद्धको सेमिफाइनलमा भिड्दै नेपाल

images

  • २०८३ भदौ २५, बिहीबार
  • 271
    SHARES
  • एसीसी पुरुष प्रिमियर कप : ओमानविरुद्धको सेमिफाइनलमा भिड्दै नेपाल

    काठमाडौँ : मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटको रोमाञ्चक सेमिफाइनल भिडन्तमा आज नेपालले ओमानको सामना गरिरहेको छ। नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु भएको यस खेलमा दुवै टोली फाइनल यात्रा तय गर्ने दाउमा मैदान उत्रिएका छन्।

    समूह चरणमा उत्कृष्ट लय प्रस्तुत गर्दै नेपाल समूह ‘ए’ को शीर्ष स्थान ओगटेर सेमिफाइनलमा प्रवेश गरेको हो। प्रतियोगिताका सुरुवाती तीन खेलमा लगातार जित निकालेको नेपाल अन्तिम खेलमा भने हङकङसँग १५ रनले स्तब्ध बनेको थियो। यद्यपि, समान ६ अंक भए पनि उत्कृष्ट नेटरनरेटका आधारमा नेपाल समूह विजेता बन्न सफल भयो।

    अर्कोतर्फ, ओमान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारको यात्रा तय गरेको टोली हो। समूह चरणका चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको ओमान अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४९ रनले पराजित भएको थियो। आजको यस खेल दुवै टोलीका लागि उपाधि होडमा रहिरहन निकै निर्णायक हुनेछ। विजेता टोलीले आगामी शनिबार हुने फाइनल खेलको टिकट पक्का गर्नेछ। आजै हुने अर्को सेमिफाइनल भिडन्तमा युएई र हङकङ आमनेसामने हुँदैछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ